• कस्तो भयो हँ !

    फर्मको अनुगमन गर्नुहुँदै क्षेत्रिय पशुसेवा निर्देशनालय हरिहरभवन पुल्चोकका क्षेत्रिय निर्देशक डा. दामोदर सेढाँई लगायतको टोली
  • अब बजारमा

    फार्ममा फलेको काँक्राका साथ जिल्ला कृषि विकास कार्यालयका वागवानी विकास अधिकृत नवराज सापकोटा
  • अवलोकन

    बरिष्ठ कृषि विकास अधिकृत युवराज पाण्डेज्यूबाट फर्म अवलोकन
  • फर्ममा भेडेखुर्सानी उत्पादन सुरु
  • फार्म

    व्यवसायिक खेतीका लागि निर्माण गरिएको प्लाष्टिक टनेल

संस्थाको परिचय

 
    ऐतिहासिक, धार्मिक एवं पर्यटकीय महत्व बोकेको दोलखा जिल्लाकै पुरातात्विक सम्पदाले भरिपूर्ण एक मात्र नगरपालिका भित्र कर्मथलो बनाई सदस्य सेवामा समर्पित यस संस्थाले २०५१÷४÷१४ गते वैधानिक मान्यता प्राप्त गर्न सफल भएको थियो ।
    संस्थाले स्थापनाकालदेखि आफ्नो कार्यक्षेत्र भित्रका किसानहरुलाई कृषि समग्रीहरु सर्वसुलभ मुल्यमा उपलब्ध गराउँदै आइरहेको छ । संस्थाको मिति २०६९ फाल्गुण २९ गते सम्पन्न साधारण सभाबाट संस्थाले व्यवसायिक रुपमा कार्ययोजना बनाई अगाडि बढ्ने लक्ष्य लिए अनुरुप यस संस्थाले भीमेश्वर नगरपालिका वडा नंं २ तिखातल स्थित १० रोपनी जग्गा भाडामा लिई निलनिरी फार्मको स्थापना गरिएको छ ।
कार्यालय
भीमेश्वर नगरपालिका वडा नं  २
दोलखा




कार्यक्षेत्र
भीमेश्वर नगरपालिकाको १३ वटै वडाहरु यस संस्थाको कार्यक्षेत्र रहेको छ ।

परिकल्पना ः
सहकारिताको माध्यमबाट  युवाहरुलाई एकिकृत गरी  उनीहरुलाई सहकारी व्यवसायमा आवद्ध गराई सहकारी मुल्य र मान्यतामा आधारित एक विशिष्ट व्यावासायिक सहकारी संस्थाको रुपमा स्थापना गर्ने ।

ध्येय
यस संस्थाले आफ्नै सदस्यहरुद्वारा सञ्चालित सहकारी वित्तिय संस्थाका माध्यमबाट सदस्यको आर्थिक तथा सामाजिक अवस्था सुधार गरी उनीहरुलाई आत्मनिर्भर वनाई व्यवसायिक वनाउने ।

उद्देश्य
(१) सदस्यहरुबाट स्वीकृत नीति अनुसार विभिन्न किसिमका कार्यक्रमहरु संचालन गर्ने ।
(२) सदस्यहरुलाई स्वीकृत नीति अनुसार विभिन्न किसिमका सेवाहरु प्रदान गर्ने । 
(३) सहकारी ऐनको दफा २३ (१) वमोजिम संस्थाको शेयर विक्री गर्ने ।
(४) सहकारी ऐन, नियमावली र विनियमको अधीनमा रही अन्य संघ—संस्थाबाट ऋण लिने । 
(५) सहकारीता वारे सदस्यहरुको चेतना जगाउने क्रियाकलाप संचालन गर्ने ।
(६) सदस्यहरुलाई सीपमूलक तालिमको अवसर प्रदानगरी व्यावसायीक सिप अभिवृद्धि गर्ने ।
(७) शिक्षा, स्वास्थ्य, आवास, यातायात, कृषि, उद्योग, ब्यापार लगायतका विभिन्न क्षेत्रमा कार्यक्रम तय गरी तत्सम्बन्धी काममा सदस्यहरुलाई व्यक्तिगत वा सामुहिक रुपमा ऋण प्रवाह गर्ने ।
८) सदस्यहरुको जीविकोपार्जन सुधारका लागि कृषि फर्मको स्थापना गरी व्यवसायिक रुपमा प्राङ्गारिक  कृषि प्रविधि मार्फत गुणस्तरीय कृषि उपज उत्पादन तथा विक्रि वितरण गर्ने । 
९) पर्यावरणीय कृषि पद्धती अपनाई वातावरण सुधारमा सहयोग गर्ने । 
१०) फर्मलाई ताजा तरकारी सुपथ विक्री केन्द्र र उन्नत विउ उत्पादन केन्द्रको रुपमा विकास गर्ने ।
११) कृषिजन्य तथा पशुजन्य उत्पादन विक्री वितरण र भण्डारणको लागि आवश्यक कार्यहरु गर्ने ।
१२) आधुनिक कृषिका नवप्रवर्तित प्रविधिहरु अनुसरण गरी नमुना कृषि फर्मको रुपमा विकास गर्ने । 
१३) संस्थाद्वारा संचालित फर्मलाई कृषि श्रोतकेन्द्रको  रुपमा विकास गरी कृषकहरुको क्षमता अभिबृद्धि सम्बन्धी कार्यक्रम संचालन गर्ने ।
१४) नमुना सहकारी खेतिको विकास गरि अन्य कृषकलाई पनि आर्कषण÷प्रेरणा प्रदान गरेर दोलखालाई कृषि शहरको रुपमा विकास गर्न सहयोग गर्ने ।
१५) सदस्यहरुमा बचत गर्ने बानीको विकास गर्न विभिन्न खालका बचत क्रियाकलापहरु संचालन गर्ने ।  
१६) संकलित बचतलाई सदस्यहरुले संचालन गर्ने विभिन्न कृषि, पशुपालन, लघु उद्यम संचालन लगायतका आयमूलक कामको लागि प्राथमिकतापुर्वक ऋण लगानी गर्ने । 
१७) बचतको प्रभावकारी परिचालनको लागि ऋण लगानी तथा असुली उपसमिति गठन गरी अनुगमनको कार्य समेत गर्ने ।
१८) संस्थाका कार्य क्षेत्र भित्रका विद्यालय, स्वास्थ्य केन्द्र, बाटो, कुलो आदि विकासमा सक्दो योगदान पु–याउने । 
१९) कार्य क्षेत्र भित्रका सदस्यहरुलाई दैवि प्रकोप, बाढी पहिरो, भुकम्प जस्ता विपत्ती परेका बखत संस्थाको क्षमता अनुसार आर्थिक तथा अन्य सहयोग पु–याउने । 
२०) संस्था वा सदस्यले संचालन गरेका व्यवसायबाट वातावरणमा कुनै किसिमको प्रतिकूल असर नपु–याउने व्यवस्था गरी प्राकृतिक तथा जैविक विविध कायम राख्ने विषयमा सहयोग पु¥याउने । 
२१) कृषि सामग्री उत्पादन, प्रशोधन, बजार व्यवस्थापन लगायत उन्नत कृषि प्रविधिको क्षेत्रमा सदस्यहरुलाई प्राविधिक तथा व्यवस्थापकीय तालिम प्रदान गर्ने । 
२२) छरिएर रहेका स–साना श्रोत साधनको एकिकरण गरी हुने संगठित व्यवसायिक शक्ति वारेमा सदस्य र सदस्य समूदायहरुलाई जानकारी दिने ।
२३ सदस्य र संस्था वीचको अन्तर सम्वन्धलाई संस्थाले संचालन गर्ने कार्यक्रम संग आवद्ध गर्ने ।
२४) सदस्यहरुको कृषि उत्पादन, व्यवसायिकरण तथा बजार प्रवद्र्धनका लागि ऋण लगानी गर्ने ।
२५) सदस्यहरुलाई व्यवसायजन्य सूचना, प्रविधी तथा सेवा उपलव्ध गराई आय–आर्जन क्षमतामा अभिवृद्धि गर्न साना तथा घरेलु उद्योगहरुको स्थापना गरी उत्पादन, प्रशोधन, विक्री वितरणको व्यवस्था मिलाउने । 
२६) सदस्यहरुलाई व्यावसायिक क्रियाकलाप वारे जानकारी गराउने, शिक्षा दिने ।
२७) सदस्यहरुलाई व्यवसायिक लगानीका लागि उत्पे्ररित गर्ने ।
२८) कारोवारको मुनाफाबाट केही अंश छुट्याई सदश्यहरु एवं तिनका परिवारका सदश्यहरुलाई रचनात्मक कार्यमा उत्प्रेरित गर्ने खालका कार्यक्रम संचालन गर्ने ।
२९) अन्तर सहकारी क्रियाकलापद्वारा संस्थाको विकास गर्न सहकारीसँग सम्वद्ध जिल्ला विषयगत सहकारी संघ, जिल्ला सहकारी संघ, विषयगत केन्द्रीय संघहरुको सदस्यता प्राप्त गर्ने ।

No comments:

Post a Comment